डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु

सरिता कठायत

जेठ ५ डोटी

डोटी: डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ ।  । जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम  सिंह साउदको श्रीमती वर्ष ४० कि देउमती साउदको मृत्यु भएको छ । उनलाई  उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याएको र  चेकजाँच गर्ने क्रममा मृत्यु  भइसकेको जिल्ला अस्पतालले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।  साउद आफ्नै  घरको झ्यालमा बसिरहेको बेला चट्याङ परेको थियोे  । उनको पेट र अनुहारमा चोट लागेको थियोे  स्वास्थ्य अवस्था भने गम्भीर रहेको थियोे ।  सोही क्रममा सँगै बसेकी बगलेक स्वास्थ्यचौकीमा अ. न. मि पदमा कार्यरत वर्ष ३६ कि अस्मिता ओलि विष्ट पनि चट्याङ लागेर घाइते भएकी छन् । उनको दाँया पाखुरामा चोट लागेको स्वास्थ्य अवस्था उनको  मध्यम रहेको वताएको छ । घाइते विष्टको जिल्ला अस्पतालमा उपचार  भइरहे छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार