सरिता कठायत
बैशाख ३१ डोटी
डोटी: डोटीमा एक जना बालक रूखबाट लडेर घाइते भएका छन् ।जिल्लाको बोगटान फुड्सिल गाउँपालिका ४ नम्बर वडा सुनतडी बस्ने शेर बहादुर बिष्टका छोरा वर्ष १४ का हिक्मत ब. विष्ट घाइते भएकाे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मंगलबार घर नजिकैको जंगलमा काफल खान गएको बेला काफलको रुखबाट लडी घाइते भएका थिए । उनको टाउको, बाँया खुट्टा र शरिरमा भित्री चोट लागी घाईते भएका हुन भने अवस्था सिरियस रहेको समेत जि.प्र.का डोटीले बताएको छ । विष्टलाई उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा पुर्याई उपचार भईरहेको छ ।


