डोटीमा भूकम्पको क्षति आकलनका लागि प्राविधिकरण र सुदूरपश्चिम विश्वविद्यालय विच सम्झौता

प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्ट र विश्वविद्यालयको इञ्जिनियरिङ विभागका डिन प्राडा किसनदत्त भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेको केसीले जानकारी दिए। उनका अनुसार विसं २०७९ कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएर छ दशमलव छ म्याग्नेच्युटको भूकम्प गएको थियो।

त्यसबाट क्षति भएका डोटी, अछाम, बाजुरा, बझाङ र डडेल्धुरामा बाँकी १३ हजार ५७६ परिवारका निजी घरको क्षति आकलनका लागि विश्वविद्यालयले ३१ जना इञ्जिनियर खटाउनेछ। यसअघि, गत चैत ३१ गते जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलनका लागि प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको थियो।

जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासमध्ये विस्तृत क्षति आकलन गर्न बाँकी करिब २८ हजार घर छन्। क्षति मूल्याङ्कन गर्न प्राधिकरणको आर्थिक तथा प्राविधिक सहयोग एवं मध्यपश्चिम विश्वविद्यालयको सहजीकरणमा छनोट भएका ८५ जना इन्जिनियरलाई तालिम तथा अभिमुखीकरण सुरु भएको छ। त्यहाँ ११८ जना फिल्डमा खटिरहेका छन्। कर्णाली प्रदेशमा सोमबारसम्म हुने दुईदिने तालिमपछि प्राविधिकहरू क्षति आकलन गर्न बाँकी जाजरकोट र रुकुम (पश्चिम) का पालिकामा खटिने प्राधिकरणले जनाएको छ। त्यसअघि, विस्तृत क्षति आकलनका लागि प्राधिकरण र पुल्चोक इञ्जिनियरिङ क्याम्पसबीच सम्झौता भई तोकिएको क्षेत्रमा क्षति आकलनको काम सम्पन्न गरिएको थियो।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ