अगुवा कृषकलाई प्राकृतिक खेती सम्बन्धी प्रशिक्षण प्रशिक्षक तालिम प्रदान

बैशाख २६ डोटी

सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीद्धारा शिखर नगरपालिका वडा नं.३,४,५,६ र ७ का १४ जना दिपायल सिलगढी नगरपालिका वडा न ८ का ६ जना गरि २० जना स्थानीय स्रोत ब्यक्ति र अगुवा कृषकहरुलाई प्राकृतिक खेती प्रणाली सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीले कार्यान्वयन गरिरहेको एकिकृत सामुदायिक विकास परियोजना अन्तरगत स्रोत ब्यक्तिहरुलाई प्राकृतिक खेती प्रणालीको परिचय, सिद्धान्त, बिरुवाहरुलाई चाहिने बिभिन्न पोषक तत्वहरु, सुक्ष्म जिवाणु बनाउने विधी, प्रशोधित बिरुवा फलफुल र चौलानी झोल बनाउने तरिका साथ साथै जैविक जडीबुटी, माछाको प्रशोधित झोल , फस्फोरस र क्याल्सियम बनाउने बिधी र तिनको प्रयोग बाली बिरुवामा कसरी गर्ने भन्ने बारे सैद्धान्तिक    तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । शिखर नगरपालिका ३ देखि ७ मा रहेका प्राकृतिक खेती समुहका २ सय ७० कृषकहरु मध्येमा छनौट भएका १४ जना र दिपायल सिलगढी नगरपालिका वडा न ७ का ७० जना मध्ये ६ जना अगुवा कृषक तथा स्रोत ब्यक्तिहरुलाई तालिम दिइएको सामुदायिक विकास मञ्चका कृषि प्राविधिक तथा कार्यक्रम संयोजक निरज बोगटीले जानकारी दिनु भयो । तालिम लिएका ६ जना अगुवा किसानलाई प्राकृतिक खेती प्रणाली सम्बन्धी सिकेका कुराहरु सिकाउन प्राकृतिक खेती समुहमा परिचालन गरिने छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ