चुरे संरक्षित क्षेत्र नदी कटानको उच्च जोखिममा

गणेश बहादुर मौनी
वैशाख २३ डोटी
डोटीको बडीकेदार गाउँपालिका र जोरायल गाउँपालिका अन्तरगत पर्ने चुरे संरक्षित क्षेत्र नदी कटानको उच्च जोखिममा रहेको छ ।
बडीकेदार गाउँपालिका वडा नम्बर २, ३ र १ र जोरायल गाउँपालिकाको वडा नम्बर ४ अन्तरगतका विभिन्न भूभागहरू नदी कटानको उच्च जोखिममा रहेका छन् ।
गत वर्ष असोजको महिनामा परेको अविरल वर्षाका कारण नदी क्षेत्र लगायत गाउँ बस्ती क्षेत्र कटानको उच्च जोखिममा रहेको स्थानीय बासीले जनाएका छन् ।
बडीकेदार गाउँपालिका अन्तरगत कापडी गाड, बगरगडा, गर्तौडा, ठुला खेत, कोल्तडा, चमरी खेत, थला, बिपीनगर, बेउरेनी, खरहर,कालामाटी, बेहोरा, गाजरी, देउथान, ओखलढुङ्गा, आसपासको क्षेत्र लगागत छेउछाउका खेत बस्तीहरू नदी कटानको उच्च जोखिममा रहेका भए पनी हाल सम्म कसैको ध्यान जान नसकेको स्थानीय बासीले गुनासो गरेका छन् ।
बाढी पहिरो नदी कटानका कारण नदी छेउछाउका खेतबारी र बस्ती, बजार उच्च जोखिममा रहेको वडीकेदार १ का स्थानीय बासी ठक्कर बोहराले बताए । यसको संरक्षणमा स्थानीय सरकार, प्रदेश सरकार, सङ्घ सरकारको ध्यान जान आवश्यक रहको बताए ।
बाढी पहिरोका कारण नदीमा पानीको बहाव बढी छेउछाउका गाउँ बस्ती जोखिमका रहेका बडीकेदार गाउँपालिका वडा नम्बर २ की वडा सदस्य तारा नाम्जालीमगरले बताइन् उनले भनिन यो क्षेत्र चुरे संरक्षित क्षेत्र अन्तरगत पर्ने भएकोले यस क्षेत्रको विभिन्न क्षेत्रहरूमा तटबन्ध गर्न आवश्यक रहेको बताइन् ।
नदी कटानका कारण बडीकेदार गाउँपालिका अन्तरगत पर्ने प्रमुख व्यापारिक केन्द्र विपीनगर बजार उच्च जोखिममा रहेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । यसको संरक्षण गर्न चुरे संरक्षण विकास समितिको सहयोग अपरिहार्य रहेको रहेको समेत बताइन् ।
गत वर्ष आएको बाढी पहिरोका कारण धेरै स्थानहरूमा क्षति गरेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । उनले भने नदी क्षेत्र आसपासमा थुप्रै स्थानहरूमा कटान गरेको छ पालिकाको रकमले सबै काम गर्न सम्भव नभएकोले राष्ट्रपति चुरे क्षेत्र संरक्षित कार्यक्रममा समावेश गरी कार्य गर्न आवश्यक रहेको बताए । बडीकेदार क्षेत्र पनि चुरे संरक्षित क्षेत्र अन्तरगत पर्ने भएकोले यस तर्फ पनि राज्यले ध्यान दिन आवश्यक छ ।
बाढी पहिरो र नदी कटानका कारण कैलालीको सहजपुर देखी डोटीको बोगटान, दिपायल सडक खण्ड अन्तरगत विपीनगर क्षेत्रमा पर्ने दुई वटा पक्की पुल, थुप्रै खेतबारी, बस्तीहरू समेत जोखिमका रहेका छन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ