उपाध्यक्ष बमको नेतृत्वमा ६ जनाले घरमै पाए अपांगता परिचयपत्र

बैशाख १७ डोटी
सरिता कठायत

डोटी: डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाका ६ जनाले घरमै अपांगता  परिचयपत्र पाएका छन् । बुधबार गाउँपालिकाका उपाध्यक्ष बिष्ना देउवा बमको नेतृत्वमा गएको टोलिले अपांग भएर क र ख वर्गमा पर्ने ६ जनालाई घरमै गएर अपांगता परिचयपत्र वितरण गरेको हो । अपाङ्ग अशक्त असहाय तथा सेवाबाट वञ्चित भएका व्यक्तिहरूले पाउनुपर्ने हक अधिकार सुनिश्चित गर्नु जनप्रतिनिधिको दायित्व भित्र पर्छ बमले बताएकी छन् । उनका अनुसार भौगोलिक दुरिले गर्दा अपांग भएका व्यक्तिहरू वडा,पालिका सम्म पुग्न असहज हुनेगर्छ त्यसैले घरमै गएर परिचयपत्र वितरण गरेको जानकारी गराएकी हुन । आफूहरूले पाउनुपर्ने सेवा सुविधाहरू जान नसकेर लामो समयसम्म नपाएका थियौ स्थानीय सरकार घरमै आएर सेवा दिँदा खुसी भएको अपाङ्ग परिचयपत्र पाएकाहरूले बताएका छन् । अपाङ्ग परिचयपत्र उक्त वडा नम्बर ४ का ५ जना र वडा नम्बर ५ का १ जना गरि ६ जनाले पाएका छन् । परिचयपत्र वितरण कार्यक्रममा पालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरू,शिक्षा शाखा प्रमुख, कम्प्युटर अपरेटर,स्वास्थ्यकर्मी, प्रहरी लगायतको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ