बैशाख १६ डोटी
सरिता कठायत
डोटी: डोटी जिल्लामा सवारी साधन नियम विपरीत चलाउनेहरूलाई कानुनी दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताउनुभयो । मानिसको जीवन माथि खेलवाड गर्ने अधिकार जो कोहिलाई पनि छैनन् त्यसकारण यस्ता खाले जोखिमपूर्ण कार्य रोक्न सबैको सहकार्य हुन आवश्यक रहेको जोशीको भनाइ छ । जिल्लामा यातायात क्षेत्रमा देखिएका विभिन्न समस्याहरूको सम्बन्धमा सरोकारवालाहरू सँग मंगलबार जिल्ला प्रशासनको सभाहलमा बैठक बसेको थियोे । ट्राफिक नियम छलेर सवारी चालकहरूले भाडा वृद्धिदर,क्षमता भन्दा बढी मान्छे राख्ने, आवश्यक कागजातहरू समेत नबोकेर हिड्ने जस्ता कार्य बढ्दै गइरहेकोले जिल्ला ट्राफिक कार्यालयले यातायात व्यवस्था कार्यालय सँग आवश्यक समन्वय गरेर कानुनी दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक बिनोद शर्माले जानकारी गराउनु भयो । सवारी साधनलाई नियम विपरीत चलाउनेहरूलाई कडाइका साथ कानुनी दायरामा ल्याउनका लागि आफूहरूको टिम सक्रिय भुमिका निर्वाह गर्ने प्रहरी वरिष्ठ नायब उपरीक्षक सुरज खड्काले बताउनुभएको थियोे । सवारी चालकहरूलाई बारम्बार मिटिङ्गमा बोलाउँदा समेत उपस्थित हुदैनन् शैलेश्वरी यातायात व्यवसायका उपाध्यक्ष केपी माझीको भनाइ रहेको थियोे। उहाँले लामो समयसम्म गाडिको कर नतिरेर पनि गाडी सञ्चालनमै रहेको समेत जानकारी गराउनु भएको हो । छलफल बैठकमा प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, भैरब प्रसाद गणका प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख,सशस्त्र प्रहरी बल ३६ गणका प्रमुख, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्रमुख,यातायात व्यवस्था नि प्रमुख,जिल्ला ट्राफिक प्रमुख,उद्योग बाणिज्य संघ अध्यक्ष, शैलेश्वरी यातायात प्रा.लीका उपाध्यक्ष ,भागेश्वर अटो रिक्सा प्रा.लीका प्रतिनिधि र पत्रकारको उपस्थिति रहेको थियोे ।


