नि: शुल्क स्वास्थ्य चेकजाँचमा १४० जनाले लिए सेवा

बैशाख १६ डोटी
सरिता कठायत
डोटी: डोटी जिल्लाको शिखर नगरपालिका वडा नम्बर ८ मा नि : शुल्क स्वास्थ्य चेकजाँच बाट १४० जनाले सेवा लिएका छन् । मंगलबार सामाजिक सुरक्षा भत्ता लिन आउने बृद्धबृद्वाहरूलाई  नि: शुल्क स्वास्थ्य चेकजाँच गरिएको हो । सोही वडामा रहेको एभरेस्ट बैंकमा भत्ता बुझ्न आउने बृद्वबृद्वाहरूको नि : शुल्क रूपमा स्वास्थ्य चेकजाँच गरेको शिखर नगरपालिका १० शहरी स्वास्थ्य केन्द्र बन्लेखका प्रमुख तथा बलायर क्लिनिकका सञ्चालक दिपक बलायरले बताए । उनले पछिल्लो समयमा मानिसहरू आफूहरूलाई के रोग लागेको छ भनेर समेत थाहा नपाई मृत्युको मुखमा पुग्ने गरेको पाइन्छ त्यसैले आफूले समाजमा रहेका बृद्वबृद्वाहरूको नि : शुल्क रूपमा रक्तचाप ,मधुमेह / सुगर र स्वास्थ्य परामर्श गरिएको बलायरले भने । उनका अनुसार  शिखर नगरपालिका वडा नम्बर ८ का  वडा अध्यक्ष लाल बहादुर महराले नि: शुल्क स्वास्थ्य चेकजाँच कार्यक्रमलाई उद्घाटन गरेकोे  बताएका । उद्घाटनमा  बोल्दै बलायरले गरेको नि : शुल्क स्वास्थ्य शिवर बृद्वबृद्वाहरूका लागि प्रभावकारी कार्यक्रम रहेको महराले बताएका हुन । ११ वटा वडाकै सामाजिक सुरक्षा भत्ता बुझ्ने सेवाग्राहीहरूले सेवा पाएका थिए ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ