मेलमिलाप सम्बन्धी कानुनी जनचेतना फैलाउँदै बाेगटान फुडसिल गाउँपालिका

बैशाख १५ डोटी

डोटीको बाेगटान फुडसिल गाँउपालिकाकाे वडाहरूमा वडास्तरिय मेलमिलाप सम्बन्धी कानुनी जनचेतना मुलुक कार्यक्रम तथा प्रचारप्रसार र वडाहरूमा हाेडिङ बोर्ड वितरण कार्यक्रम सञ्चालन भएको छ । उक्त गाउँपालिका न्यायिक समितिको आयोजनामा बैशाख ११ गते बिहीबार देखि पालिकाका सात वटै वडामा कार्यक्रम सञ्चालन गरी वैशाख १४ गते आइतबारका दिन सम्पन्न  भएको हो । न्यायिक समितिको अवधारणा,न्यायिक समितिले दिने सेवा,मेलमिलाप केन्द्र हरुकाे जानकारी ,  नागरिकको अधिकारको बारे नागरिकहरुले पनि जानकारी पाउन भन्ने  उद्देश्यले सो  कार्यक्रम सञ्चालन गरिएको बाेगटान फुडसिल गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका  संयोजक बिष्ना देवी बमले बताउनु भयो । न्यायिक समिति संयोजक बमले संविधानले दिएको अधिकार र कर्तव्यको जानकारी नभएका ग्रामीण बस्तीका नागरिकलाई सुसूचित गर्नु आफ्नो कर्तव्य भएको भन्दै एउटै गाउटाेल ,समाजमा बस्ने नागरिकहरूको सद्भाव आत्मियता,नभड्किने गरी न्यायिक समितिले निर्णय गर्ने अधिकार भएको हुनाले  दुवै पक्षको जित हुनेरि निर्णय हुन थालेको जानकारी सबैलाई हुन जरुरी रहेको उल्लेख गर्नु भयो यस कार्यक्रमले समाजमा आफूहरूलाई प्रभावित  महसुस गरिरहेका नागरिकले सेवा पाउने अपेक्षा समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ