बैशाख ९ डोटी
डोटी: जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ गोसेडामा एक महिला घरको छतबाट लडेर घाइते भएकी छन् । ३५ वर्षीया ललिता कामी सोमबार ९ बजे आफ्नै घरको छतबाट लडेर टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालयले जानकारी गराएको छ । घाइते महिलालाई शैल्श्वरी अस्पतालमा दिपायलमा उपचार भैरहेको छ । कामीको अवस्था सामान्य रहेको बताएको छ ।


