गभर्नर बन्ने पक्का भएपछि भट्टले दिए कार्यकारी निर्देशक बाट राजिनामा

डोटी : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। गभर्नर बन्ने सुनिश्चित भएसँगै भट्टले राजीनामा बुझाएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए।  यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा दुई चरणमा भएको कुराकानीपछि भट्टलाई नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर बनाउने समझदारी भएको थियो। सरकारले अर्थमन्त्री विष्णु पौडेलका नेतृत्वको गभर्नर सिफारिस समिति गठन गरिसकेको छ। उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य छन्। अब सिफारिस समितिले भट्टसहित ३ जनाको नाम मन्त्रिपरिषद्‌मा पठाउनेछ। अर्थविद् पौडेल हाल भारतमा छन्। उनी आएपछि समितिको बैठक बस्नेछ। सत्ता साझेदार दल नेपाली कांग्रेस-नेकपा एमालेबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा लामो समयसम्म सहमति जुट्न सकेको थिएन। तर, कांग्रेसले भट्टलाई नै गभर्नर बनाउन अडान कायमै राखिरहेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पछि हटेर गभर्नर कांग्रेसको भागमा दिन सहमत भएका थिए।  बुधबार कांग्रेस-एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भट्टको नाम लिएर देउवाले गरेको प्रस्तावमा ओलीले समर्थन जनाएका थिए। गभर्नर बन्ने दौडमा रहेका अन्य पाँच जनालाई पछि पार्दै कांग्रेस सभापति देउवाको प्रस्तावमा भट्टले बाजी मार्ने निश्चित भएको हो। बिहीबार मात्रै पनि सभापति देउवाले पार्टी पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा पनि यस विषयमा नेताहरूलाई ब्रिफिङ गरेका थिए।   यद्यपि, भट्टसहित तीन जनाको नाम अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषद्‌मा पेस गरेपछि गभर्नर नियुक्तिको औपचारिक निर्णय हुनेछ।  नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा कार्यरत भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। भट्ट यसअघि कांग्रेसबाट अर्थमन्त्री बनेका डा.प्रकाशशरण महतको आर्थिक सल्लाहकारसमेत थिए।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ