डोटी – डोटीको जोरायलस्थित श्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल अत्यधिक मतसहित विजयी भएको छ । अध्यक्षमा सुरत बोहराले ६९ मत प्राप्त गर्दै निर्वाचितसचिवमा दीपक साउदले ६५ र कोषाध्यक्षमा कलावती बोहराले ६६ मत प्राप्त गर्दै विजयी भए। सदस्य पदतर्फ शर्मिला बि.क.ले ६६, रेखा शाहुले ६५, धना कुमारी कामीले ६४ र कविता मगरले ६२ मत ल्याएर निर्वाचन जितेका हुन्। प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ)का तर्फबाट अध्यक्ष पदका उम्मेदवार मोहन सिंह पालीले ३४, सचिव कर्णदेव बोहराले ३८, र कोषाध्यक्ष लक्ष्मी मडैले ३३ मत प्राप्त गरे। सदस्य पदमा गीता कुमारी मल्लले ३४, दीक्षा नाम्जाली मगरले ३६, सीता कुमारी अवस्थीले ३४ र रुपक बोहराले ३६ मत प्राप्त गरे। क्याम्पसमा कुल ११४ मतदाता रहेकामा १०३ मत खसेको निर्वाचन समिति संयोजक वासुदेव जोशीले जानकारी दिए। समानुपातिकतर्फ अनेरास्ववियुले ६७ र नेविसंघले ३६ मत प्राप्त गरेका छन्।


