सरिता कठायत
चैत १९ डोटी
डोटी : डोटीमा जिपबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका २ कुचेडाका गाडी साहु ३४ वर्षका ज्ञानेन्द्र बहादुर बोहरा रहेका छन् । उनको चल्दै गरेको जिप बाट खसेर मृत्युु भएको हो । सोमबार बेलुकी करिब ६ बजेतिर दिपायलबाट आदर्श गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ४११८ नम्बरको बोलेरो जीपको पछाडी ढालामा बसिरहेका थिए । ढालाबाट खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । जीपबाट खस्ने बित्तिकै उनलाई उपचारको लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा ल्याइएको र उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनको छाती र टाउकोमा गम्भीर चोट लागेको थियो । आदर्श गाउँपालिका– ३, नुवाकोट बस्ने बर्ष २३ का गाडी चालक विराज भट्ट र गाडीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।


