डोटीमा प्रजिअ जोशीद्वारा शारीरिक मानसिक अशक्तलाई  घरमै पुगेर  नागरिकता प्रदान

सरिता कठायत
चैत्र १० डोटी
डोटी: डोटीमा प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले शारीरिक ,मानसिक रूपमा अशक्तहरूलाई घरमै गएर नागरिकता प्रदान गराएका छन्  । जिल्लाको सायल गाउँपालिका वडा नम्बर १ कौराडी का वर्ष २१ का प्रेम बहादुर देउवा त्यसैगरी  छपालिका वर्ष  ६८ का जय बहादुर रोकाया र वर्ष ६३ का पदम बहादुर रोकाया गरि ३ जना शारीरिक र मानसिक रूपमा अशक्त भएकाहरूलाई  प्रजिअ जोशीले आफै घरमा पुगेर नागरिकता उपलब्ध गराएका हुन । राज्यबाट पाउने सम्पुर्ण सुविधा बाट वञ्चित भएका कुराहरू र उहाँहरू शारीरिक र मानसिक रूपमा अशक्त भएको जानकारी पाएपछि सम्पुर्ण कागजात मिलाएर घरमै नागरिकता प्रदान गरेको प्रजिअ जोशीले बताए । उनले भने घरपरिवारको अवस्था र नागरिकता नपाएकाहरूले  सदरमुकाम पुगेर नागरिकता लिन सक्ने अवस्था नभएका कारण घरमै पुगेर नागरिकता उपलब्ध गराएका हौ । नागरिकता पाएपछि राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुने छैनन् प्रजिअ जोशीले बताए । नागरिकता नपाएका अशक्तहरूलाई घरदैलोमै पुगेर सेवा दिनुभएकोमा प्रजिअ जोशी लगायतको टिमलाई धन्यवाद सहित आगामी दिनमा पनि कुनाकन्दरामा रहेका नागरिकता पाउनबाट बञ्चितहरूलाई सेवा दिनुहुनेछ भन्ने आशा छ सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला ओलिले बताइन् । वडाबाट आवस्यक कागजात जिल्लामा पठाए पछि  शारीरिक र मानसिक रूपमा अशक्त साथै भेगिए हिसाबमा पनि टाढा रहेको वडमा पुगेर नागरिकता प्रदान गर्न सहयोग गर्ने प्रजिअ जोशी लगायतको टिमलाई सायल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष लाल बहादुर रोकायाले धन्यवाद दिएका छन् । उनले  वडा बाट जिल्लामा लैजान कठिन थियो सोही कुरालाई सहजै स्विकारेर घरमै पुगेर नागरिकता उपलब्ध गराउँदा धेरै खुसी रहेको रोकायाले भने । जिल्लामा लैजान सक्थेन छोराले नागरिकता पाउँदैन होला सोच्थे तर आज घरमै नागरिकता पाउँदा खुसी भएको प्रेम देउवाको आमा सरू देउवाले भनिन् । शारीरिक र मानसिक अवस्थामा अशक्त भएका ३ जनाको नागरिकता सँगै जिल्ला सम्म जान नसक्नेहरूको पनि सोही वडाबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ