कृषि  अनुसन्धान निर्देशनालय भागेतडले कृषक दिवस मनाए

सरिता कठायत
चैत्र ६ डोटी
डोटी : डोटी जिल्लामा रहेको कृषि अनुसन्धान निर्देशनालय भागेतडले कृषक दिवस मनाएका छन् । बुधबार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ को कृषि अनुसन्धान निर्देशनालय भागेतडमा कृषक दिवस मनाएको हो । कृषकहरूलाई निर्देशनालयले प्रविधिबाट गरिएको कृषि कार्यलाई अनुगमन गराएर १ दिने कृषक दिवस मनाएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर १,३ र शिखर नगरपालिका वडा नम्बर १० का कृषकहरूलाई निर्देशनालय भागेतडामा  प्राविधिक तरिकाले गरिएको कृषि लाई अगुवा कृषकहरू मार्फत  अनुगमन गरेर थप कृषि क्षेत्रमा राम्रो प्रभाव पर्ने भएकाले सो कार्यक्रम गरिएको कृषि अनुसन्धान निर्देशनालय भागेतडका प्रमुख दिपक पाण्डेले बताए । उनले निर्देशनालयले अनुसन्धानका लागि वालि प्रविधि विकास( जातीय प्रविधि विकास र व्यवस्थापन ) वागवानी प्रविधि विकास,पशु प्रविधि विकास ( जातीय संरक्षण ) बहुपक्षीय ( मल्टिसेक्टर),स्रोत विउ तथा वस्तु उत्पादन,कृषकको सहभागीतामूलक वाह्य अनुसन्धान,गहुँ र तोरीको मिश्रित खेती सम्बन्धि प्रविधि विकास,प्रदेश सरकार तथा स्थानीय तहसँग सहकार्य, च्याउ खेतिको सम्भाव्यता अध्यन क्रियाकलापहरू गर्दै आइरहेको पाण्डेले जानकारी गराएका छन् । त्यसैगरी अनुसन्धान निर्देशनालयले प्राथमिकताका क्षेत्रमा अन्न बाली,कोशे बाली,तेल बाली,रैथाने बालि,फलफूल, तरकारी र पशुपालनमा अछामे नौ मुठे गाईहरूको उत्पादन गर्दै आइरहेको समेत जानकारी गराएका थिए । राष्ट्रिय कृषि अनुसन्धान प्रणाली देशको परिवर्तित समय सापेक्ष पुनः संरचना हुन नसक्नु, सिमित अनुसन्धान स्थल, प्राविधिक बैज्ञानिक जनशक्तिको अभाव र कृषि शिक्षा र प्रसार / विकाससँग  अनुसन्धानको कम्जोर सम्बन्ध  चुनौतीका रूपमा रहेको समेत जानकारी गराएको थियोे । भागेतडाले प्राविधिक तरिकाले गरेको कृषि कार्य असाध्यै राम्रो रहेको र अनुगमनबाट हामीहरूलाई नि थप सिकाइ भएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ कि अगुवा कृषक जमुना खड्काले बताइन् । उनले हामीले अझै सम्म पुरानै तरिकाले कृषि कार्य गर्दै आएका छौं त्यसैले उत्पादन त्यति राम्रो हुन नसकेको पनि खड्काले भनिन् । कृषक दिवसमा उपस्थित अगुवा कृषकहरूले आफूहरूलाई निर्देशनालयले  प्राविधिक तरिकाले गरिरहेका कार्यलाई  अनुगमनमा गरेर थप सिकाई भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ