किरियापुत्री बन्न छोरा हुनुपर्छ भन्ने पितृसत्तात्मक सोचलाई तोड्दै तीन दिदीबहिनी

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–६ तातापानी माइतीघर भएका रोहिता कठायत, दुरा थापा र मानमती कार्कीले आफ्नी आमाको किरिया गरेर पितृसत्तात्मक  सोचमा चुनौती प्रस्तुत गरेका छन्।

उनीहरूका ७९ वर्षीय बुबा खड्कसिंह अपाङ्गता भएका व्यक्ति हुन् भने परिवारमा दाजुभाइ छैनन्। आमा राधादेवी खड्काको मृत्युपछि तीन दिदीबहिनीले किरिया गरेर छोरीहरू पनि छोरा सरह हुनसक्छन् भन्ने सन्देश दिएका छन्।

चार दिदीबहिनीमध्ये जेठी बिर्मा बडूवाल महिनावारी भएका कारण किरियामा बस्न नसकेकी हुन्। आमाले मृत्युअघि नै छोरीहरूले किरिया गरिदिन अनुरोध गरेकाले उनीहरू तयार भएका थिए।

हिन्दू परम्परामा छोरा वा पुरुष मान्छेहरूले मात्रै  किरिया गर्ने चलन भए पनि पछिल्लो समय महिलाहरूले पनि किरिया गर्ने परिपाटी बढ्दै गएको छ। यस घटनाले समाजमा नयाँ चेतना फैलाउने विश्वास गरिएको छ। उनीहरू पाँच दिनदेखि आमाको किरिया गरेर बसेका छन्। उनीहरूकी आमा राधादेबी खड्काको १ चैतमा मृत्यु भएपछि उनीहरु किरिया बसेका हुन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ