सचिवमा २१९ मत प्राप्त गरी नेपाल विद्यार्थी संघका साजन रावल विजयी भएका छन् । सचिव पदका उम्मेदवार अखिल समाजवादीका हरिस बोगटीले ११० र अनेरास्ववियूका मोहन ऐरले ९५ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा २२० मत सहित नेपाल विद्यार्थी संघका दिपा विष्ट निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी ईश्वरी मलासीले ११५ र अखिल क्रान्तिकारीकी रुकमणी विष्टले ७७ मत पाएकी छिन् ।
त्यस्तै सदस्यहरूमा रबिन्द्र भण्डारी २१३, हरिस साउद २२९, उषा धामी २२१, धर्म सीँ बम २२० र पुष्कर बोहरा २१८, मत प्राप्त गरि विजय भएका छन् । डोटी बहुमुखी क्याम्पसमा ५८० मत सङ्ख्या रहेकोमा ४३१ मत खसेको थियो ।


