सेफ हाउस डोटीलाई व्यवस्थित गर्न सरोकारवालाको प्रतिवद्धता

गणेश बहादुर मौनी
चैत्र २ डोटी
सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्र डोटीलाई व्यवस्थित गर्न सरोकारवाला निकायहरूले प्रतिवद्धता जनाएका छन् ।
सशक्त महिला समृद्ध नेपाल र साथी संस्थाले शनिबार सिलगढीमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकाय संगको समन्वयात्मक बैठकमा प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा बोल्दै शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराले हिंसा प्रभावित महिलाहरुका लागि मनोपरामर्श अति आवश्यक रहेको बताइन् । उनले जिल्लामा प्रभावित महिलाहरुका लागि सेफ हाउस अति आवश्यक छ, त्यसका लागि आवश्यक सहयोग गर्न आफु तयार रहेको र सबै स्थानीय तहले सहयोग गर्नुपर्ने समेत बताइन् ।
प्रभावित महिलाहरुलाई न्यायमा सहज पहुँच पुर्‍याउने  जिल्ला तहमा सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्र संचालन गर्न आवश्यक रहेको केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए । उनले यसलाई व्यवस्थित रुपमा संचालन गर्नुपर्छ, यसको संरक्षकको भूमिका जिल्ला समन्वय समितिको रहन आवश्यक रहेको बताए । यसलाई व्यवस्थित रुपमा संचालन गर्न स्थानीय सरकार सहयोग गर्न तत्पर रहेको समेत अध्यक्ष शाहीले बताए ।
सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्र संचालन गर्नु हाम्रो जिम्मेवारी रहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले बताए । उनले यसको लागि प्रभावित महिलाहरुका लागि सुरक्षित आवास, मनोसामाजिक परामर्श, प्राथमिक उपचार, कानुनी परामर्श, पिडीतहरुलाई शशक्तिकरण र पुनःस्थापना गर्ने कार्य महत्वपूर्ण रहेको समेत बताए । यसलाई व्यवस्थित गर्न सबै निकायले सहयोग गर्न आवश्यक रहेको समेत नगर प्रमुख खड्काले बताए ।
जिल्ला स्तरमा संचालनमा रहेको सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्रलाई सबै निकायले सहयोग गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । सेफ हाउसलाई संचालन गर्न स्थानीय तहहरुले जनाएको प्रतिबद्धता अनुसार सबै निकायले सहयोग गर्नुपर्ने र आफुले जुनसुकै समयमा खेल्ने भूमिकामा प्रतिबद्ध रहेको समेत प्रमुख सिंहले बताए ।
बैठकमा सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्रलाई व्यवस्थित गर्न डोटी जिल्ला स्थित सबै स्थानीय तहहरुले आवश्यकता अनुसारको सहयोग गर्ने, त्यसलाई संचालन गर्न आवश्यक कार्यविधि निमार्ण गरी दिपायल सिलगढी नगरपालिकालाई नेतृत्वदायी भूमिका दिने लगाएतका निर्णय भई प्रतिवद्धता जनाएको सेफ हाउस डोटीकी प्रमुख बन्दना बमले बताइन् ।
कार्यक्रममा सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्रले गरिरहेका गतिविधि, जिल्लामा प्रभावितहरूको अवस्था, महिला मैत्री न्याय तथा सुरक्षाको महत्व, महिलाहरूका क्षेत्रमा बनेका कानुनी प्रावधानहरूको बारेमा प्रस्तुतीकरण गरिएको थियो ।
बैठकमा बोल्ने अधिकांश वक्ताहरुले सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्रलाई व्यवस्थापन गर्न सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । साथी संस्थाका प्रोगाम म्यानेजर पलिता थापाले कार्यक्रमको उद्देश्यका बारे प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा डोटी जिल्ला स्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला स्थित सरोकारवाला निकाय, नागरिक समाज, पत्रकार लगायतकोे सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ