सरिता कठायत
फागुन २८ डोटी
डोटी : सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । फागुन २७ गते बाट सञ्चालन भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम २८ गते धनगढीमा सम्पन्न भएको हो । नेपाली कांग्रेस केन्द्रीय निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान द्वारा सुदूरपश्चिम प्रदेशले प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम उद्घाटन सत्रमा बोल्दै सुदूरपश्चिम प्रदेश नेपालको महत्त्वपूर्ण प्रदेश हो नेपाली कांग्रेसका सभापति तथा भुतपुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले बताउनुभयो । उहाँले प्रशिक्षण कार्यक्रम बाट कांग्रेसको संगठन लाई अझै मजबुत बनाउनका लागि प्रतिष्ठानले प्रशिक्षक प्रशिक्षण प्रदेशमा गरेको हो सभापति देउवाको भनाइ रहेको छ। नेपाली कांग्रेसलाई रूपान्तर र युवामुखी बनाउनका लागि पार्टी कटिबद्ध रहेको छ नेपाली कांग्रेसका केन्द्रीय उप सभापति पुर्व उप प्रधानमन्त्री पुर्ण बहादुर खड्काले जानकारी गराउनु भयो
। उहाँले नेता भाषणले मात्रै हुदैनन् अनुशासन,मर्यादा,समयको पालना,नेतृत्व लिन सक्ने मानिस नेता हुन्छन् खड्काको भनाइ रहेको छ । उद्घाटन सत्रमा बोल्दै प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुदूरपश्चिमका नौवटै जिल्लामा प्रशिक्षकहरू उत्पाद गर्नका लागि गरिएको सुदूरपश्चिम प्रदेशका सभापति तथा पुर्व मन्त्री वीर बहादुर बलायले बताउनुभयो । उहाँले तालिमलाई मर्यादाका रूपमा लिन र जिल्लामा प्रशिक्षकको भुमिकालाई मध्यनजर गरेर तालिम लिनका लागि नौवटै जिल्लाका प्रशिक्षणमा सहभागीहरूलाई भन्नुभएको थियोे । उक्त कार्यक्रममा नौवटै जिल्लाका २५० जना बढी सहभागी रहेका थिए । नेपाली कांग्रेसको आदर्श र नेपालको संविधान कार्यान्वयनमा कांग्रेसको दायित्व, नेपाली कांग्रेसको तहगत संरचना सांगठनिक अवस्था र नेतृत्व विकास,नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव,लोकतान्त्रिक समाजवाद: नेपाली कांग्रेसको आर्थिक निति र अभ्यास, प्रशिक्षण विधि प्रशिक्षकका सीप र प्रभावकारी,युवा रोजगारी र उद्यमशीदता आदि विषयवस्तुमा आधारित रहेर प्रशिक्षकहरूले छलफल गर्नुभएको हो । तालिममा समुहमा बिभाजन गरेर घोषणा पत्र र विकास,युवा रोजगारी र उद्यमशीलता,पार्टीको आन्तरिक लोकतान्त्र र संस्थागत सुदृढीकरण,नागरिकको अपेक्षा र जनतासँग जनप्रतिनिधि,समसामयिक मुद्दा,नेपाली कांग्रेसले गरेका कार्यलाई प्रविधि मार्फत जनतासँग कसरी जोड्ने भन्ने विषयमा समुहगत छलफल मार्फत कार्यक्रममा सहभागीले प्रस्तुत गर्नुभएको हो । सो कार्यक्रम प्रभावकारी रहेको र आगामी दिनमा यस्ता प्रभावकारी कार्यक्रमहरू पार्टीले गर्न जरुरी रहेको सहभागीहरूले बताउनुभयो । तालिममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियोे ।


