गणेश बहादुर मौनी
फागुन २९ डोटी
डोटीमा विषादी सेवन गर्दा एक युवकको गए राती मृत्यु भएको छ । जिल्लाको के आई सिंह गाउँपालिका वडा नम्बर ४ धौलाकाँडा बस्ने लाल बहादुर कुँवरको छोरा वर्ष २२ को भरत कुँवर ले आफ्नै घरमा राखेको मुसा मार्ने किटनाशक विषादी सेवन गरी घाइते भएका कुँवरलाई स्थानीय दुर्गामाण्डौं स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो । सामान्य उपचार पश्चात् थप उपचारको लागि सुजङ अस्पताल राजपुर ल्याइ उपचारको क्रममा राती २ः २० को समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


