राष्ट्रिय दलित पत्रकार संघ डोटीको अध्यक्षमा सुवास नेपाली चयन

सरिता कठायत
फागुन ९ डोटी
डोटी: डोटीमा  राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा डोटीको अध्यक्षमा सुवास नेपाली सर्वसम्मत चयन भएका छन् । सिलगढीमा सम्पन्न भएको प्रथम भेलाबाट नेपालीको अध्यक्षतामा शुक्रबार सात सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । समितीको उपाध्यक्षमा विष्णु कोली, महिला उपाध्यक्ष लक्ष्मि विक, सचिव राज पार्की, सहसचिव अस्मिता बि.क, कोषाध्यक्ष गंगा पार्की, सदस्यमा अस्मिता विश्वकर्मा र दिपिका भुल चयन भएका  छन् । त्यसैगरी केन्द्रीय प्रतिनिधिहरुमा प्रेम नेपाली र तिर्थ नेपाली चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा ममता नेपालीलाई चयन गरेको छ। भेलामा पत्रकार महासङ्घ डोटीका अध्यक्ष प्रकाश बमले उत्पीडनमा परेका दलित समुदायका विषयहरुलाई सञ्चार माध्यमहरुमा बलियो तवरले उठाउन दलित पत्रकार सङ्घले भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।  पत्रकारिता पेशाप्रति आकर्षण बढाउन र पत्रकारहरुको क्षमता विकासका लागि पत्रकार महासङ्घले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बमले बताए  । त्यस्तै पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका पुर्व सदस्य रामहरि ओझाले संगठन क्षमता विकास , र पेशागत सुरक्षाका लागी आवश्यक रहेको बताउदै राष्ट्रिय दलित पत्रकार सङ्घले पनि दत्तचित्त भएर लाग्नुपर्ने बताएका हुन  । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज करन ताम्राकारले दलित समुदायको पत्रकारितामा पहुँच विस्तार गर्नु र सङ्गठित भई दलितका मुद्दा उठान गराउन सङ्गठन आवश्यक भएकाले देशभर दलित पत्रकारहरुलाई पेशागत सुरक्षा र क्षमता विकास अभिवृद्धि गर्ने  उद्देश्य रहेको बताएका थिए । राष्ट्रिय दलित पत्रकार संघ, डोटीका कार्यवाहक अध्यक्ष प्रेम नेपालीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा समाजवादी प्रेस गंगठन डोटीका अध्यक्ष नवराज जोशी, राष्ट्रिय दलित पत्रकार संघ कैलालीका अध्यक्ष हिक्मत भुल शैलेश्वरी एफएमका अध्यक्ष राम धामी र बिभिन्न पेशागत  पत्रकार संगठनका पत्रकारहरु लगायतको उपस्थित रहेको थियो । राष्ट्रिय दलित पत्रकार संघ देशका ६० वटा जिल्लामा आबद्ध रहेको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ