सरिता कठायत
फाल्गुन ८ डोटी
डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नं २ मा रहेको नमादेव माध्यमिक विद्यालयमा भोजराज ओझाले आमा र स्वर्गीय बुवाको नाममा अक्षयकोष स्थापना गरेका छन्
। बुधबार नमादेव माविको ५३ औं वार्षिकोत्सब तथा अभिभावक भेलाको अवसर पारेर ओझाले अक्षयकोषको स्थापना गरेका हुन । आफूले १ देखि ५ सम्म अध्ययनरत गरेको विद्यालयमा बुवाकाे नामको स्मृतिमा अक्षयकोष स्थापना गर्न पाउँदा खुसी भएको उनले भने । स्वर्गीय बुवाले गाउँमा मात्रै नभएर सुदूरपश्चिमका नौ वटै जिल्लामा ज्योतिष गरेर प्रख्यात रहेका थिए त्यसैले बुवा र आमाको नामबाट अक्षयकोषको स्थापना गरेको दिपायल सिलगढी नगरपालिका १ मगलेक माध्यमिक विद्यालय तिखाका प्रअ समेत रहेका ओझाले बताए । उक्त अक्षयकोषको नाम स्व: डन्डीराज भागरथी अक्षयकोष रहेको छ । असाय टुहुरा बालबालिका विद्यालयमा अध्यनरत आधारभूत कक्षाबाट २ जना माविबाट २ जना गरि जम्मा ४ जना बालबालिकाहरूलाई कापीकलम ड्रेसमा सहयोग पुग्नेगरी रू २ लाख २२ हजार २ सय २२ रूपैयाँ को अक्षयकोष स्थापना गरेका छन् । सो रकमको चेक नमादेवी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बहादुर साउदालाई हस्तान्तरण गरेका हुन् । वार्षिकोत्सब समारोहमा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास राज्यमन्त्री निर्मला साउद र प्रदेश माननीय चक्र बहादुर मल्लको पनि उपस्थिति रहेको थियोे ।



