सेवा ग्राहीलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न आवश्यक छ : प्रजिअ जोशी

गणेश बहादुर मौनी
फागुन ४ डोटी
डोटीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले कार्यालयमा सेवा लिन आउने सेवा ग्राहीलाई कर्मचारीहरूले छिटो छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न आवश्यक रहेको बताए ।
बडीकेदार गाउँपालिकाले आइतबार कार्यालयमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रजिअ जोशीले उक्त कुरामा जोड दिएका हुन ।
कार्यक्रममा बोल्दै प्रजिअ जोशीले स्थानीय स्तरमा सुरक्षा निकायले शान्ति सुरक्षाको अनुभूति हुने गरी काम गर्नुका साथै कर्मचारीहरूले इमानदारीताका साथ छिटो, छरितो, गुणस्तरीय, सरल, सहज र त्रृटी रहित सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताएका थिए  । स्थानीय सरकारले पनि स्थानीय स्तरमा देखिएका समस्या तथा चुनौतीहरूलाई मध्यनजर गर्दै आफ्ना विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको समेत बताए । स्थानीय सरकारले गरिरहेका गतिविधिहरूमा प्रहरी प्रशासनले पूर्ण रूपमा सहयोग, समन्वय तथा सहकार्य गरिने समेत बताए ।
स्थानीय स्तरका सवालहरूको बारेमा प्रहरी प्रशासन सँग नियमित समन्वय भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले बताए । पालिका भित्रका केही सवालहरूको बारेमा जानकारी गराउँदै अध्यक्ष साउदले पालिकाका समसामयिक सवालहरूको बारेमा विभिन्न सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरिहरेको र आगामी दिनमा सञ्चालनको तयारी रहेको समेत बताए ।
पालिकाको सभा हलमा आयोजित स्वागत कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ