बन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गणेश बहादुर मौनी
फागुन २ डोटी
बन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम बडीकेदार गाउँपालिकामा सम्पन्न भएको छ ।
बडीकेदार गाउँपालिका र लानाकेदारेश्वर सब डिभिजन बन कार्यालयको संयुक्त आयोजनामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रम शुक्रवार पालिकाको सभा हलमा सम्पन्न भएको हो ।
कार्यक्रममा बन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी जानकारी प्रस्तुतीकरण गर्दै लानाकेदारेश्वर सब डिभिजन बन कार्यालय बिपीनगरका सब डिभिजन अधिकृत नवीन सिंहले बन जङ्गल आगलागीबाट जोगाउनु आम नागरिकको दायित्व रहेको बताएका छन् । बन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी विभिन्न उपायहरूको बारेमा जानकारी समेत गराएका थिए ।
अन्तरक्रिया कार्यक्रमको छलफल पश्चात् सामुदायिक बन उपभोक्ता समिति र कबुली यती बन उप भोक्ताहरूले आ आफ्नो समूह भित्र बन डढेलो नियन्त्रण गर्न समूहभित्र बाट नै पारिश्रमिक दिने गरी फागुन महिना देखि जेठ महिना सम्मका लागि बन डढेलो नियन्त्रण समिति गठन गरी परिचालन गर्ने, बन डढेलो नियन्त्रण गर्न प्रचार प्रसार गर्ने र सामुदायिक बनको सहभागितामा समुदाय र वडा स्तरमा मासिक रूपमा अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरिएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बडीकेदार गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कर्ण बहादुर जेठराले नागरिकहरूले हरेक दृष्टिकोणले बनजंगलको संरक्षण गर्न आवश्यक रहेको बताए ।खुला चरी चरन, बन डढेलोका कारण बनजंगलको नास हुनुका साथै पानीका मुहानमा पनि प्रत्यक्षे असर परिरहेको समेत बताए ।
बनमा डढेलो नियन्त्रण गर्न आम नागरिकलाई यस विषयमा जानकारी गराउन आवश्यक रहेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । उनले भनिन् समुदाय स्तरमा जानी जानी विभिन्न कारणले जबरजस्त रूपमा आगो लगाइने परिपाटी देखिन्छ यसलाई नियन्त्रण गर्नुपर्छ हरेक नागरिकलाई यसको बारेमा सचेतना फैलाउन आवश्यक रहेको बताइन् ।
बन डढेलो रोकथाम तथा नियन्त्रणका विषयमा हरेक नागरिकलाई जानकारी गराउन आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । उनले भने बाढी, पहिरो प्राकृतिक विपद् हो यसलाई हामी रोकथाम गर्न सक्दैनौ तर बन डढेलो प्राकृतिक विपद् नभई मानव सृजित भएकोले यसलाई पूर्ण नियन्त्रण गर्न आम नागरिकको दायित्व रहेको बताए ।
यस वर्ष बनमा डढेलो रोकथाम तथा नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निबार्ह गर्ने, बनमा डढेलो लाग्नै नदिने सामुदायिक बनलाई पालिकाले पुरस्कृत गर्नुका साथै बन जङ्गलमा आगो लगाउनेलाई कडा भन्दा कडा कारबाही गरिने समेत अध्यक्ष साउदले बताए ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सामुदायिक बनका पदाधिकारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सब डिभिजन बन कार्यालयका कर्मचारी, प्रहरी, पत्रकार र स्थानीयहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ