दैलेखमा पब्लिक स्पिच २०८१ हुने

दैलेख । दैलेखमा पब्लिक स्पिच–२०८१ फाइनल को अन्तिम तयारिमा । जय विन्द्रासैनी युवा क्लब दैलेखको आयोजना तथा बास नेपाल दैलेखको सहजीकरणमा दैलेखमा पब्लिक स्पिच–२०८१ हुन लागेको हो ।
सार्वजनिक सभा समारोह, मञ्चमा गएर आफ्ना विचार प्रस्तुत गर्नु एउटा कला भएको बन्दै दैलेखमा पब्लिक स्पिच–२०८१ गर्न लागिएको जय विन्द्रासैनी युवा क्लबका अध्यक्ष पृथ्वी विक्रम शाहीले बताय।
उनका अनुसार दैलेखका ११ वटै पालिकामा पालिकास्तरीय पब्लिक स्पिच–२०८१ गरिएको र ११ पालिका बाट ३७ प्रतिस्पर्धि सहभागी गराइएको छ। । ४ नगरपालिका र ७ गाउँपालिका भएको दैलेखमा पहिलोपटक यस्तो कार्यक्रम हुन गइरहेको छ। यस अघिको वर्षमा चामुण्डाविन्द्रासैनीमा मात्रै यो कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रथम ३३३३३/-, द्वितीय २२२२२/-, तृतीयलाई ११११११/- नगद पुरस्कारको व्यवस्था गरेको छ ।
पालिका स्तरमा छनौट कार्यक्रम माघ ४ गते आठविस नगरपालिकाबाट सुरु भएको थियो भने माघ १४ गते गुराँस गाउँपालिकामा समापन भएको थियो ।
हरेक पालिकाबाट छनोट भएका ३७ जना प्रतिस्पर्धीको जिल्ला स्तरको पब्लिक स्पिच कार्यक्रम यही फागुन ७ र ८ गते चामुण्डाविन्द्रासैनीको विन्द्रासैनी खुल्लामन्चमा गर्ने गरी तयारी भइरहेको छ । जिल्ला स्तरको कार्यक्रममाः सुशासन र भ्रष्टाचार, दिगो विकासका लागि युवा, लागुऔषध दुव्र्यसनी, युवा स्वरोजगार, लैंगिक हिंसा न्यूनीकरण, जलवायु परिवर्तन र कला संस्कृति मध्ये गोला प्रथाको माध्यमबाट कुनै एक विषयमा स्पिच दिन पाइनेछ ।
उक्त कार्यक्रममा प्रथम, द्वितीय, तृतीयले क्रमशः ३३ हजार, २२ हजार र ११ हजार पुरस्कार पाउनेछन् भने प्रतिस्पर्धिबाट १ जनाले २५ हजार पब्लिक च्वाइस अवार्ड र पालिकाबाट सहभागी मध्ये ई–सेवाका माध्यमबाट सर्वोत्कृष्ट मत प्राप्त गर्ने १ प्रतियोगीलाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिने क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ