पर्यटक प्रहरी राख्ने सम्बन्धी पर्यटन विभाग र दिसिनपा बिच सम्झौता 

माघ २६ ,डोटी : संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटन विभाग र दिपायल सिलगढी नगरपालिका बिच पर्यटक प्रहरी परिचालन सम्बन्धी सम्झौता भएको छ ।

शनिवार एक कार्यक्रमका बिच पर्यटन विभाग र दिपायल सिलगढी नगरपालिका बिच पर्यटक प्रहरी परिचालन गर्ने सम्झौता गरिएको हो ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही मंसिर गते ८ गते गरेको मन्त्रिस्तरीय निर्णाण्नुसार सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड भ्रमणमा आउने पर्यटकहरूको शान्ति सुरक्षाका साथै उनीहरूलाई सहजीकरण गर्न पर्यटक प्रहरी पोस्ट स्थापना तथा परिचालन गर्न पर्यटन विभागको तर्फबाट कानुन अधिकृत सुस्मीता पाण्डे र नगरपालिकाको तर्फबाट नगर प्रमुख बाजि सिंह खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
पर्यटक प्रहरीको युनिट स्थापना भएमा यहाँ आवतजावत गर्ने पर्यटकलाई सहजता हुने नगर प्रमुख खड्काले बताए  ।

पर्यटक प्रहरीले विभिन्न राष्ट्रहरूबाट आउने विदेशी पर्यटकहरूको शान्ति सुरक्षाका साथै उनीहरूलाई सहजीकरण गर्न सहज हुने खड्काले बताए ।

खप्तड राष्ट्रिय निकुञ्ज र नगर भित्र ,जिल्लाका धार्मिक पर्यटन ठाउँमा आउने आन्तरिक र बाह्य पर्यटक बढाउन समेत महत्त्वपूर्ण भूमिका खेल्ने खड्काले बताए ।

पर्यटकका समस्या समाधान ,शान्ति सुरक्षा दिने उद्देश्यले पाँच जना पर्यटक प्रहरी राख्ने गरी कार्य अगाडी बढेको पर्यटन विभाग कानुन अधिकृत पाण्डेले बताइन् ।

सम्झौता कार्यक्रममा नगर प्रमुख, उप प्रमुख कलावती महर साउँद, प्रमुख प्रशासकीय अधिकृत शंकर सूचिकार ,पर्यटक प्रहरी निरीक्षक उमा केसी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ