शिखर नगरपालिकामा वडा स्तरीय लैंगिक हिंसा  निवारण र बाल उद्वार कोष सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन

सरिता कठायत
माघ २६
डोटी : डोटी जिल्लाको शिखर नगरपालिकामा वडा स्तरीय लैंगिक हिंसा निवारण र बाल उद्वार कोष सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । शिखर नगरपालिका महिला तथा बालबालिका जेष्ठ नागरिक शाखाको आयोजनामा वडा स्तरीय लैंगिक हिंसा निवारण कोष सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन भइरहेको छ । वडामा रहेका लैंगिक हिंसामा परेका महिला तथा बालबालिकाहरूका लागि नगरपालिकामा लैंगिक हिंसा तथा बाल उद्वार  कोष भएता पनि समुदायका मानिसहरूलाई सो बारेमा जानकारी नभएको हुँदा वडा वडामा अभिमुखिकरण कार्यक्रम मार्फत जानकारी गराइरहेकाे शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले बताइन् । उनले यो कोषको विधि बिधान छ हिंसा प्रभावित महिला तथा बालबालिकाहरूले नगरपालिकामा आफूहरू हिंसामा रहेको कुरा  निवेदन मार्फत पेस गर्दा उक्त कोषबाट आर्थिक सहयोग गर्न सकिने उप प्रमुख जोराले भनिन् । उनले आफूहरू निर्वाचित भएको लामो समय हुँदा पनि हिंसा प्रभावित महिला तथा बालबालिकाहरूले हिंसालाई लुकाउने गरेको र सेवा बारेमा जानकारी नभएर पनि अहिलेसम्म कोही नआएको थाहा पाएपछि यो अभियान सञ्चालन गरेको उनले भनिन् । हिंसामा रहेका महिला तथा बालबालिकाहरूका लागि उद्वार कोषलाई वडामा आएर आम मानिसलाई  जानकारी भएको शिखर नगरपालिका वडा नम्बर  १ का वडा अध्यक्ष दिपक बहादुर बोगटीले बताएका छन् । वडामा रहेको हिंसा प्रभावित महिला तथा बालबालिकाहरू समुदायमा भेटेपछि सो कोषको बारेमा जानकारी गराएर आर्थिक रूपका लागि माग गर्न लगाउने शिखर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गणेश बहादुर बोगटीले बताएका थिए ।  हिंसाले महिला तथा बालबालिकाहरूको जीवनमा ठुलो दुर्घटना निम्त्याउने गर्छ त्यसैले हिंसालाई सहजै स्विकार्नु हुदैनन् शिखर नगरपालिका वडा नम्बर १ केदारेश्वर माविका प्रधानाध्यापक गगन बहादुर कार्कीले बताए । उनले जस घरमा हिंसा छैनन्  त्यो घरमा महिला तथा बालिका संसारकै भाग्यमानी हुन कार्कीले  भने । नगरपालिकाले हिंसामा रहेका महिला तथा बालबालिकाहरूका लागि उद्वार कोषका बारेमा वडा वडामा गएर यसरी अभिमुखिकरण कार्यक्रम गर्दा धेरैलाई आगामी दिनमा थाहा हुने कुरा समेत उनले भनेका थिए । समाजमा हेर्ने हो भने महिला तथा बालबालिकाहरू सबैभन्दा बढी हिंसाका सिकार बनेका छन् शिखर नगरपालिका वडा नम्बर २ मुडेगाउँ स्वास्थ्यचौकीका प्रमुख प्रेम बहादुर कठायतले बताएका छन् । शिखर नगरपालिकाका नगर उप प्मुख, वडा नम्बर १ र २ का वडा अध्यक्षहरू,वडा सदस्यहरू,स्वास्थ्यकर्मीहरू, महिलाहरू,प्रअहरू,मावि स्कुलका बाल क्लबका छात्रछात्राहरू, उपस्थितिमा सो कार्यक्रम गरिएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ