डोटीमा प्रजिअ जोशी द्वारा घरमै गएर नेपाली नागरिकता

गणेश बहादुर मौनी
माघ २६ डोटी
डोटीमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र उपलब्ध गराएका छन् ।
जिल्लाको बोगटान फुड्सिल गाउँपालिका अन्तरगत वडा नम्बर ५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रजिअ जोशीले आफै घरमै पुगेर नागरिकता उपलब्ध गराएका हुन् ।
शारीरिक रूपमा पूर्ण अशक्त भएका कारण नागरिकता लिन प्रशासन कार्यालय सम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नेपाली नागरिकता प्रदान गरेको प्रजिअ जोशीले बताए । उनले भने, “हामीले एक जना मानसिक तथा शारीरिक र एक जना शारीरिक रूपमा अशक्त भएका व्यक्तिलाई नागरिकता उपलब्ध गराएका छौ । उहाँहरूले पहिला बालक परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ता पाइरहनु भएको रहेछ, अहिले नागरिकता पाउने उमेर भएको तर कार्यालयमा पुगेर नागरिकता लिन समस्या हुने भएपछि घरमै नागरिकता उपलब्ध गराएका हौँ ।
राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट कुनै पनि नागरिक कुनै कारणले वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ उनीहरूको शारीरिक र आर्थिक समस्यालाई मध्यनजर गरी घरमै नागरिकता दिइएको प्रजिअ जोशीले बताए । जिल्लाका अन्य स्थानीय तहहरूमा पनि कोही यस्ता व्यक्तिहरू छन् जो प्रशासन कार्यालय सम्म आउन सक्ने अवस्थाका छैनन् जानकारी पाएमा घरमै गएर नागरिकता उपलब्ध गराउन सकिने समेत प्रजिअ जोशीले बताए ।
गाउँपालिकाको सहजिकरणमा वडाबाट कागजात बनाएर प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पुरा गरेर घरमै नागरिकता उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए । नागरिकता बनाउने उमेर पुगेका तर नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता रोकिने अवस्था आएपछि प्रशासनसँग सहजीकरण गरिएको अध्यक्ष गड्सिलाले बताए ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ