सरिता कठायत
माघ २५
डोटी : डोटी जिल्लाको सायल गाउँपालिकाको वडा नम्बर २ मा महिला सँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत १५० जना लक्षित वर्गलाई कम्मल वितरण गरेको छ । शुक्रबार एक कार्यक्रम बिच २ नम्बर वडाका लक्षित वर्गहरूलाई महिला सँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत कम्मल वितरण गरेको सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला ओलिले बताइन् । उनले आफूहरू निर्वाचित भएपछि समुदायका लक्षित वर्गहरूका लागि हिउँदमा चिसोबाट बच्न विगत देखि सो कार्यक्रम गर्दै आएका छौ उपाध्यक्ष ओलिले भनिन् । उनका अनुसार लक्षित वर्ग १५० जना रहेका र १०५ जना जेष्ट नागरिक,२० जना एकल महिला,२२ जना दलित महिला, ५ जना अपांग गरि जम्मा १५० जनालाई कम्मल वितरण गरिएको बताइन् । आफूहरूले कम्मल पाएपछि स्थानीय सरकारको अनुभूति भएको लक्षित वर्गहरूले बताएका छन् । उक्त कार्यक्रममा गापा उपाध्यक्ष,वडा अध्यक्ष ,कार्यपालिका सदस्य,वडा सदस्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख,समाजसेवी आदिको उपस्थितिमा कम्मल वितरण कार्यक्रम गरिएको थियोे ।





