डोटीमा ४ हजार ७ सय ९४ जनाले पहिलो दिनमा लगाए  एचपिभी खोप

सरिता कठायत
माघ २२ डोटी
डोटी : डोटी  जिल्लामा ४ हजार ७ सय ९४ जनाले  पहिलो दिनमा एचपिभी खोप लगाएका छन् । मंगलबार  पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानको पहिलो दिनमा  ४ हजार ७ सय ९४ जनाले खोप लगाए । स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाभरीमा रहेका  ४ हजार ७ सय ९४ जना किशोरीहरुले एचपीभी खोप लगाएका छन् । खोप अभियानको पहिलो दिनमा शिखर नगरपालिकामा बढी  किशोरीहरूले खोप लगाएको छ । उक्त  पालिकामा १ हजार ७२ किशोरीहरुले खोप लगाएको स्वास्थ्य कार्यालयका खोप कार्यक्रम संयोजक सूर्य बिष्टले जानकारी दिएका छन् । विष्टका अनुसार  दिपायल सिलगढी नगरपालिकामा ७ सय ६०, केआई सिंहमा ५ सय ७४, आदर्श गाउँपालिकामा ५ सय ७२ र पूर्वीचौकी गाउँपालिकामा ५ सय २२ जना ,सायल गाउँपालिकामा ५ सय ४, बोगटान फुड्सिल गाउँपालिकामा ४ सय १०, बडीकेदार गाउँपालिकामा २ सय ३५ र जोरायल गाउँपालिकामा १ सय ४५ जना किशोरीहरुले खोप लाएका छन् । जिल्ला समन्वय समिति डोटीका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक लक्ष्मणवहादुर सिंहले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै एचपिभी खोप अभियानको सुभारम्भ गरेका थिए।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार