कृषि ज्ञान केन्द्र डोटिको सहयोगमा गोब्रे च्याउको व्यवसायिक उत्पादन सुरु गर्दै शाहीले

सरिता कठायत
माघ २१ डोटी
डोटी : डोटीमा कृषि ज्ञान केन्द्र डोटीको सहयोगमा गोब्रे च्याउको व्यवसाय उत्पादन सुरू गर्दै दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का अगुवा कृषक जय बहादुर शाही ।  गत वर्ष गोब्रे च्याउको परिक्षण उत्पादन सफल भएपश्चात यस वर्ष व्यवसायिक उत्पादनका लागि कृषक माझ सहयोग गरेको छ। अन्य च्याउ भन्दा अलि बढि समय सम्म राख्न मिल्ने, पौष्टिक तत्वको मात्रा राम्रो हुने र उपभोक्ता तथा होटेल रेस्टुरेन्टमा माग पनि बढि हुने हुदा उक्त च्याउको उत्पादन सुरु गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। हाल बजारमा आउने गोब्रे च्याउ सवै वाहिरै बाटै आइरहेको सन्दर्भमा डोटी जिल्लामै यसको उत्पादन सुरु भएकाले अव डोटिमै गोब्रे च्याउ पाईने भएको छ। उपभोक्ताले अन्य  च्याउ जस्तै यसलाई उपभोग गर्नु का साथे मसरुम चिल्लि, मसरुम सुप, मसरुम पकौडा लगायतका परिकारका लागि गोब्रे च्याउ होटेल तथा रेस्टुरेन्टमा धेरै माग हुने हुदा मुल्य राम्रो पाईने भएकाले यसको उत्पादन बढाउनु पर्ने कृषि ज्ञानेन्द्रले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार