
सरिता कठायत
माघ १६ डोटी
डोटी: डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ मा पाठेघरको मुखको क्यान्सर सम्बन्धि वडा स्तरीय खोप समन्वय समितिका पदाधिकारी तथा विद्यालयका शिक्षकहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । विद्यालयमा जाने कक्षा ६ देखि १० कक्षा सम्मका छात्राहरू र विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एच.पि. भी खोप लगाइदै छ । बुधबार स्वास्थ्य निर्देशनालय राजपुरको सभाहलमा दिपायल सिलगढी नगरपालिका ४ कुमालिकोट आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । खोप अभियानलाई सफल बनाउन सबैको महत्त्वपूर्ण भुमिका रहन्छ दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष असोक बरालको भनाइ रहेको छ । किशोरी अवस्थामै एच.पि.भी खोप लगाउँदा पाठेघरको मुखको क्यान्सर हुन बाट जोगाउन सक्ने दिपायल सिलगढी नगरपालिका स्वास्थ शाखाका प्रमुख तेज बहादुर खड्काले बताउनुभयो । उहाँले यो खोप किशोरीहरूका लागि धेरै महत्त्वपूर्ण र नि शुल्क रूपमा लगाइने भएकाले सबै सरोकारवालाहरूको भुमिका रहेको खड्काले जानकारी गराउनुभयो । सो वडामा ३१५ जना किशोरीहरूलाई एच.पि.भी खोप लगाइने कुमालिकोट आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख गोरख नाथ बुढाले बताउनुभएको छ । उहाले माघ २२ गते सहिद स्मृति आवासीय माध्यमिक विद्यालय र निजामती माविका छात्राहरूलाई राजुपर सभाहलमा, २३ गते सुजङ्ग इङलिस मोडल बोर्डिङ स्कुल, २४ गते कुमालिकोट माध्यमिक विद्यादय ,२५ गते अमर ज्योति बोर्डिङ स्कुल र समता बेबी लोन र २७ गते कुमालिकोट आधारभूत स्वास्थ्य केन्द्रमा एच. पि. भी खोप लगाइने बताउनुभयो । सो कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य, विद्यालयका प्रअ, दिसिनपा स्वास्थ्य शाखा प्रमुख,इप्रका प्रतिनिधि,महिला स्वास्थ्य स्वयंसेविका बाल क्लब प्रतिनिधि र पत्रकारको उपस्थिति रहेको थियोे ।