महिला सशक्तीकरण सम्बन्धि एक दिने क्षमता विकास कार्यक्रम

सरिता कठायत
माघ १५ डोटी
डोटी महिला सशक्तीकरण सम्बन्धित एक दिने क्षमता विकास तालिम गरिएको छ । मंगलबार जिल्ला समन्वयको सभाहलमा  महिला अधिकारका लागि सशक्तीकरण मञ्च डोटीको आयोजना तथा  दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण सम्बन्धि एक दिने क्षमता विकास कार्यक्रम गरिएको थियोे  । महिला हरूको क्षमता विकासका लागि नगरपालिकाले गर्नुपर्ने कार्यका लागि सधैं अगाडि रहने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खड्काले बताउनुभयो । उहाँले महिलाहरूले आफ्ना हक अधिकारका लागि अगाडि बढ्नुपर्ने र नेतृत्व गर्न स्वयंले लाग्नुपर्ने बताउनुभएको थियोे । महिला सशक्तीकरण सम्बन्धि एक दिने क्षमता विकास कार्यक्रममा सहजीकरण गैरसरकारी संस्था डोटीका कोषाध्यक्ष लक्ष्मी देउवा बमले गर्नुभएको थियो । बमले सहभागीहरूलाई लैंगिकहिंसा,महिला हिंसाको बारेमा छलफल गर्नुभयो । महिला हरूले सधैं चुलोचौकोमा मात्रै सिमित नभएर आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने हुन्छ महिला संघ डोटीका अध्यक्ष माया कुवरले जानकारी गराउनुभयो । कार्यक्रम समापनमा बोल्दै आफूलाई अब्बल बनाउन महिलाहरूले आफैं अगाडि बढ्नुपर्ने महिला अधिकार लागि सशक्तीकरण मञ्चका अध्यक्ष दुर्गा शर्माले बताउनुभएको थियोे । कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका १ देखि ९ नम्बर वडाका महिलाहरूको सहभागी रहेको थियोे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ