डोटीमा धारिलो हतियार प्रयोग गरी एक युवकले गरे आत्महत्या

डोटीमा  एक युवकले  धारिलो हतियार (खुँडा) प्रयोग गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सायल गाउँपालिका वडा नं. ५ दैना बस्ने वर्ष ४० को बहादुर खड्काले मादक पदार्थ सेवन गरी  आज आइतबार बिहानै २ बजेतिर धारिलो हतियार (खुँडा) आफ्नै घाटीमा प्रयोग गरी मानिसको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माघ १२ गते शनिवार मात्रै छोरीको उपचार गर्न भनी घरबाट आएका खड्का जिल्ला अस्पताल डोटीमा उपचार पश्चात् आफन्त नाता पर्ने जिल्ला समन्वय समिति डोटीमा चालक छत्र खड्का बस्ने क्वाटरमा राति बास बसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।मादक पदार्थ सेवन गरी धारिलो हतियार (खुँडा) घाँटीमा प्रहार गरी आत्महत्या गरेको चालक छत्र खड्कालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको  डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माकोले बताए । मृतकका घर परिवारका मानिस आई सकेपछि लासलाई पोस्टमार्टम का लागि उठाइने समेत प्रहरीले जनाइएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ