शैलेश्वरी क्षेत्र विकास समितिको वार्षिक साधारण सभा सम्पन्न

गणेश बहादुर मौनी 
माघ १२ डोटी
शैलेश्वरी क्षेत्र विकास समितिको ५३ औँ वार्षिक साधारण सभा शनिवार सिलगढीमा सम्पन्न भएको छ ।
वार्षिक साधारण सभा कार्यक्रममा क्षेत्र विकास समितिले एक आर्थिक वर्षको अवधिमा गरेका गतिविधि हरूको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन क्षेत्र विकास समितिका कोषाध्यक्ष डम्बर बहादुर खड्काले गरेका थिए भने अन्य क्षेत्र विकास समितिको बारेमा विस्तृत जानकारी शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शंकर भट्टले गरेका थिए ।
शैलेश्वरी क्षेत्रको समग्र पक्षको विकास गर्नु सबैको दायित्व रहेको दिपायल सिलगढी नगरपालिकाकी पूर्व नगर प्रमुख मञ्जु मलासीले बताइन् । कार्यक्रममा बोल्दै पूर्व नगर प्रमुख मलासीले सिलगढी बजार दिनानुदिन दिन सुक्दै गएकोले यता तिर सबैको ध्यान जान आवश्यक रहेको समेत बताइन् ।
सिलगढी बजार क्षेत्र र शैलेश्वरी मन्दिरको विकासका लागि योजना माग भई आएमा आफूहरूले सहयोग गर्ने दिपायल सिलगढी नगरपालिकाकी उप प्रमुख कलावती साउद महरले बताइन् । शैलेश्वरी क्षेत्रको विकास गर्न हाम्रो पनि दायित्व रहेकोले आफूले सहयोग गर्न तयार रहेको बताइन् ।
शैलेश्वरी क्षेत्र डोटीको मात्र नभई नेपालको एक प्रमुख धार्मिक स्थल सबैको आस्थाको धरोहर भएकोले यसको प्रचार प्रसार तथा विकास गर्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी, पत्रकार साहित्यकार धन बहादुर मल्लले बताए । उनले शैलेश्वरी क्षेत्रको विकासले अन्य क्षेत्रको विकासमा सहयोग पुग्ने समेत बताए ।
शैलेश्वरी क्षेत्रको विकास तथा प्रचार प्रसार गर्नु सबैको दायित्व रहेको क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शङ्कर भट्टले बताए । उनले भने शैलेश्वरीको महिमा आज भोलीको नभई वेद ब्यासले पुराणमा उल्लेख गरेको तथ्य रहेकोले यसको प्रचार प्रसार र विकास गर्न स्वयं भक्तहरू आफै जागरूक हुन आवश्यक रहेको बताए । उनले भने पछिल्लो समयमा शैलेश्वरी क्षेत्रको विकास नभएको होइन केही नयाँ विकास भएको हो । यस क्षेत्रको विकास गर्न पूर्व नगर प्रमुख पूर्व मुख्य मन्त्री, प्रतिनिधि सभाका सांसद ज्यूहरूले पनि यस क्षेत्रको विकास गर्न योगदान दिएको बताए । २०८३ सालमा हुने महाकुम्भलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको समेत अध्यक्ष भट्टले बताए । क्षेत्र विकास समितिले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका केही व्यक्तिहरूलाई सम्मान समेत गरेको थियो ।
शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शङ्कर भट्टको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाका प्रमुख अतिथि डोटीका वरिष्ठ समाजसेवी, पत्रकार साहित्यकार धन बहादुर मल्ल रहेका थिए भने कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाकी उप प्रमुख कलावती साउद महर, पूर्व नगर प्रमुख मञ्जु मलासी, डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, बाह्र बरेलाका धामी भराणी, नागरिक समाज, पत्रकार, स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्षेत्र विकास समितिका उपाध्यक्ष शैलेश्वरी मन्दिरका पुजारी राजेश भट्टले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ