सरिता कठायत
पुस २९ डोटी
डोटी: डोटी जिल्लाको खातिवडा स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार दिपायल सिलगढी नगरपालिकाको आयोजनामा न्यूनतम सेवा मापदण्ड सुदृढीकरण कार्यक्रम दिपायल सिलगढी नगरपालिका वडा नं २ खातिवडा स्वास्थ्य चौकीमा गरिएको थियोे । नेपाल सरकारले स्वास्थ्य संस्था व्यवस्थापन र संचालनमा के कस्तो छ भनेर न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रमको अवधारणा ल्याएकोले यो कार्यक्रमको आयोजना गरिएको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले बताए । उनले हरेक वर्ष झै यस वर्ष पनि वार्षिक कार्यक्रम अनुसार न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण फलोअप कार्यक्रम पहेँलो कलर कोर्ड बाट निलो कलर कोर्डमा आएको भण्डारीले जानकारी गराएका छन् । निलो कलर कोर्डमा ६६ बाट ७० मा आएको छ । यस भन्दा पहिले को नम्बर हेर्ने हो भने आ.व २०७९/९/२९ गतेसम्ममा ३३ नं सेतो कलरमा २०८०/३/१२ गतेसम्म ३५ नं सेतो कलरमा
२०८०/१०/७ गतेसम्म ५४ नं पहेलो कलरमा
२०८१/३/१८ गतेसम्म ६६ नं पहेलो कलरमा र
२०८१/९/ १८ गतेसम्म ७० नं निलो कलरमा आएर सुधार भएको पाएको खड्काले बताएका छन् । यस कार्यक्रमलाई सुधार अझै गर्न भौतिक पुर्वाधार र औंषधीको पुर्ण व्यवस्थापन भएको भए झनै प्रभावकारी देखिने दिपायल सिलगढी नगरपालिका २ खातिवडा स्वास्थ्य चौकी प्रमुख राम बहादुर भण्डारीले बताए । भण्डारीले स्थानीय सरकारले यस विषयमा चासो दिन समेत आग्रह गरेका छन् ।
