गणेश बहादुर मौनी
पुस २६ डोटी
बडीकेदार गाउँपालिकाको आर्थिक वर्ष २०८१।८२ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम बडीकेदार गाउँपालिका ५ रन्तोलामा बिहीबार सम्पन्न भएको छ ।
गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा र योजनाहरूको बारेमा सेवाग्राहीलाई जानकारी दिई जबाफदेहिता पारदर्शिता कायम गर्नको लागि सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले बताए ।
बडीकेदार गाउँपालिकाको समग्र क्षेत्रको विकास क्रमबद्ध रूपमा भईरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए ।उनले भने विकास भन्ने कुरा एकै पटक हुँदैन बिस्तारै हुन्छ अनि नतिजा पनि बिस्तारै आउने गर्छ । गाउँपालिकाले आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत आवश्यकता परिपूर्तिमा पालिकाले कुनै कसुर बाकी नराखेको समेत अध्यक्ष साउदले बताए । पालिकालाई उज्यालो पालिकाको रूपमा बिधुतीकरणको कार्यले निरन्तरता पाइरहेकोले निकट सममयमा सबैको घरघरमा बिधुत पुग्ने समेत बताए । जनताका गुनासाहरू के कस्ता छन् भनेर प्रत्यक्षे रूपमा भेटघाट बाट थाहा हुने भएकोले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको समेत अध्यक्ष साउदले बताए ।
पालिकाले महिलाहरूको क्षमता अभिवृद्धि गर्ने हेतुले महिला सशक्तीकरणको क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । उनले भनिन यस वर्ष पनि हामी महिलाहरूको क्षमता अभिबृद्धीको लागि विभिन्न चेतनामूलक अन्तरक्रिया कार्यक्रम, ज्येष्ठ नागरिकलाई सम्मान, महिलाहरूलाई विभिन्न दिवस समारोहमा सहयोग लगायतका विभिन्न कार्यक्रमहरू वडा स्तरमा सञ्चालन गर्ने कार्यक्रम रहेको समेत बताइन् ।
कार्यक्रममा सहभागी सेवाग्राहीहरूले जनजीविका सँग जोडिएका समसामयिक शिक्षा, स्वास्थ्य, सडक यातायात, बिधुत, खानेपानी सँग सम्बन्धित विषय बस्तुहरूको बारेमा जिज्ञासा र पालिकालाई सुझाव राखेका थिए ।
कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा गरेका गतिबिधी हरुको एकीकृत प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत बुढाले प्रस्तुतीकरण गरेका थिए । गाउँपालिकाले सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण जस्ता कार्य नियमित रूपमा सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रममा बडीकेदार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, प्रहरी, पत्रकार र सेवाग्राहीको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण ठुला केदार मिडिया प्रा.ली.ले गरेको थियो ।
