लागूपदार्थ दुव्र्यसन सम्बन्धि राधाकृष्ण माविमा सचेतना कार्यक्रम

सरिता कठायत
पुस २१ डोटी
डोटी: डोटी जिल्लाको शिखर नगरपालिकाको राधाकृष्ण माविमा लागूपदार्थ दुव्र्यसन सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । शिखर नगरपालिका वडा नं ८ मा रहेको राधाकृष्ण माध्यमिक बिद्यालयमा आइतबार लागूपदार्थ दुव्र्यसन सम्बन्धि सचेतना कार्यक्रम गरिएको हो। पछिल्लो समयमा विद्यार्थीहरू सबैभन्दा बढी लागूपदार्थको दुव्र्यसनमा दिनानुदिन बढ्दै गइरहेकोले सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय,शिक्षा विकास निर्देशनालय,सामाजिक विकास कार्यालय डोटीको आयोजनामा जिल्ला प्रशासन कार्यालय डोटी,जिल्ला प्रहरी कार्यालय डोटीको सहजीकरणमा सो कार्यक्रम गरिएको थियोे  ।घरपरिवार,समाज,देश र राष्ट्रलाई समेत लागूपदार्थ दुव्र्यसनले ठुलो असर गरेको हुन्छ त्यसैले  सबैले आ- आफ्नो क्षेत्रबाट दुव्र्यसनमा फसेका मानिसहरूक‍ो पहिचान गर्नुपर्ने  डोटीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताए । उनले दुव्र्यसन सबैभन्दा ठुलो लत हो यो लतमा परेकाहरूले जस्तोसुकै घटना घटाउन सक्छन् त्यसैले घरपरिवार, बिद्यालय परिवार र स्वयं बिद्यार्थीहरूले सचेत रहनुपर्ने प्रजिअ जोशीको भनाइ रहेको छ ।  बिद्यार्थीहरूले  दुव्र्यसन जस्ता लतमा पर्दा भविष्यमा ठुलो पछुतोमा पर्नुपर्ने हुन्छ त्यसैले बेलैमा होस् पुर्‍याउनु पर्ने डोटी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माले  बताएका छन् । सचेतना कार्यक्रममा  बोल्दै बिद्यालयमा, गाउँघरतिर  बालविवाह, लागूपदार्थ दुव्र्यसन जस्ता कार्यहरू भैरहन्छन् यस्ता कुलत कार्यमा लाग्ने मानिसहरूलाई कसरी  न्यूनीकरण गर्न सकिन्छ राधाकृष्ण माविमा अध्यनरत छात्रा शिला माझीले प्रश्न गरेको थिन् । त्यसैगरी सोही बिद्यालयमा अध्यन गरेकी रेखा बलायरले पनि दुव्र्यसनमा लाग्ने युवा, बालकहरूको संख्या बढ्दो क्रममा रहेको र घरपरिवारले पनि जिम्मेवार भएर ध्यान दिनुपर्ने बताइन् । कार्यक्रम समापनमा बोल्दैलागूपदार्थ दुव्र्यसन सम्बन्धि सचेतना कार्यक्रमका सभा अध्यक्ष तथा  शिखर नगरपालिका वडा नं ८ का कार्यवाहक अध्यक्ष रमेश बलारले बिद्यालयमा गरिएको सचेतना कार्यक्रम एकदमै महत्त्वपूर्ण रहेको र यसरी बिद्यार्थीहरू बीच बेलाबेला यस्ता कार्यक्रम गर्दा बिद्यार्थीहरूमा लागूपदार्थ दुव्र्यसनमा लाग्नेको संख्यामा कमी आउने थियोे उनले भने । पछिल्लो समयमा समाजमा सामाजिक संजालको दुरुपयोगले हिंसा कु संस्कार,ठगी जस्ता घटनाको वृद्धि भैरहेको राष्ट्रिय अनुसन्धान डोटीका प्रमुख महेश अवस्थीले जानकारी गराएका थिए । जिल्ला अस्पतालमा रहेको एकद्वार संकट  व्यवस्थापन (ओसिएमसी ) ले हिंसा प्रभावितहरूलाई दिने सेवाका बारेमा सिएमसि नेपालका जिल्ला काउन्सिलर तारा गीरिले जानकारी गराएको थियोे ।  सचेतना कार्यक्रम सञ्चालन जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राम नाथले गरेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य राधाकृष्ण माविका प्रअ रमेश ओझाले राखेका थिए ।सचेतना कार्यक्रममा  ३२० भन्दा बढी संख्याको  सहभागी रहेको थियोे । सचेतना  कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष , प्रजिअ प्रमुख,जिप्रका प्रमुख,राष्ट्रिय अनुसन्धान प्रमुख,सशस्त्र प्रहरी बलका प्रमुख,सुरक्षाकर्मीहरू , सिएमसी नेपालका काउन्सिलर, पत्रकार  राधाकृष्ण माविका शिक्षक,शिक्षिका साथै  शिखर नगरपालिकाका अभिभावक,बिद्यार्थीहरूको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार