आमाको अन्त्येष्टि नहुँदै छोरीको पनि मृत्यु 

बझाङ ः दुर्घटनामा परेर आमाको ज्यान गएको शोकमा विक्षिप्त छोरीको पनि मृत्यु भएको छ । गत शनिबार थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको बाटोमा हिँडिरहेका बेला सडकबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि २५ वर्षीया छोरी रोहिणी जोशीको पनि मृत्यु भएको हो ।

आमाको दुर्घटनाको खबर सुन्ने बित्तिकै धनगढीमा रहेकी रोहिणी आईतबार साँझ बझाङ पुगेकी थिइन् । उनले आमाको शव हेर्न निकै जिद्दी गरिन् । आमाको पार्थिव शरीर देख्ने बित्तिकै उनी बेहोस भइन् । ‘बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गरायौं,’ आफन्त विश्व प्रकाश जोशीले भने, ‘स्लाइन पानी चढाएपछि केही बेर होसमा आएपनि फेरि बेहास भइहालिन् ।’

सोमबार दिउँसो बेहोस अवस्थामा जिल्ला अस्पताल चैनपुर लगे पनि अस्पताल पु¥याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको जोशीले बताए । आमाको अन्त्येष्टि नहुँदै छोरीको पनि मृत्यु भएको हो । सोमबार साँझ सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ ।

आमाछोरीको मृत्युसँगै गाउँ शोकमा डुबेको छ । दुई दशकदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत पञ्चमालाको मृत्युमाथि छोरी रोहिणीलाई पनि गुमाउनुको पीडा थपिएको स्थानीय बताउँछन् । रोहिणी स्नातक तेस्रो वर्षमा अध्ययन गर्दै थिइन् ।

‘कसैलाई समस्या पर्दा सहयोग गर्न सबैभन्दा अगाडि पुग्ने उनकी आमाको स्वभाव थियो । छोरी पनि सबैकी प्रिय थिइन्,’ स्थानीय बलराम भण्डारीले भन्छन्, ‘गाउँ नै शून्य भएको छ ।’ १५ दिनअघि मात्रै रोजगारीका क्रममा दुबई पुगेका जगतप्रशाद जोशी श्रीमती मृत्युपछि घर पुग्न नपाउँदै छोरीलाई पनि गुमाउँदा भावविह्वल बनेका छन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ