
गणेश मौनी
पुस १६ डोटी
राष्ट्रिय स्वतन्त्र पार्टी डोटीले जिल्ला अस्पतालका सवालहरूको बारेमा निगरानी बढाउन जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।
रास्वपाका जिल्ला सभापति केशव बलायरले जिल्ला अस्पतालका समसामयिक सवालहरूको बारेमा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको बताएका छन् ।
प्रशासन कार्यालयलाई पत्र पठाउँदै रास्वपाले ‘लामो समय देखि डोटी जिल्ला अस्पताल सम्म जाने सवारी साधन नहुँदा बिरामीहरूलाई मर्का पर्ने गरेको, दिपायलबाट आउने सार्वजनिक सवारी साधनहरूको अन्तिम रोक्ने ठाउँ सिलगढी स्थित प्रहरी चेक पोस्ट सम्म मात्र हुँदा दीर्घ रोग बिरामीहरू र वृद्ध आमा बुवाहरूलाई जिल्ला अस्पताल सम्म आव त जावतमा असहज हुने गरेको, जिल्ला अस्पताल डोटीमा कुरुवा घर नहुँदा पनि बिरामीका आफन्तहरूलाई बस्नको लागि असहज भएको, नव निर्मित भवनहरूको काममा ढिलासुस्ती हुँदा सेवा प्रवाहमा पनि समस्या देखिएको, सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क उपचार पाउने ज्येष्ठ नागरिक र विपन्न नागरिकहरूलाई अस्पताले आवश्यक सहजीकरणको व्यवस्था गर्न नसकेका सवालहरू उल्लेख गरिएका छन् । स्वास्थ्य क्षेत्रमा देखिएका सवालहरूलाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयले आवश्यक समन्वय र निर्देशन गरिदिन प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको पत्रमा उल्लेख गरिएको छ ।