आज सुदूरपश्चिममा पुसे १५ मनाइँदै

गणेश बहादुर मौनी
पुस १५ डोटी
सुदूरपश्चिम प्रदेशमा आज पुसे १५ (पन्ध्रकी रात ) पर्व मनाइने गरिन्छ । हरेक वर्ष पुस १५ गते मनाइने पुसे पन्ध्रमा रातभरि दन्त्य कथा, बातै (कहानी) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड, निसौसे रोटी लगायत मिठा परिकारहरू पकाएर खाने चलन रहेको छ ।
आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठो खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाई धुवाइ गर्ने चलन रहेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शङ्कर भट्टले बताए ।
यस दिन डोटेली संस्कृति अनुसार आजको दिन १५ प्रकारका परिकार खाएर सुदूरपश्चिम बासीले पुसे १५ मनाउने गर्छन् । यो पर्वलाई ‘पन्ध्रकी रात’ पनि भन्ने चलन रही आएको छ । पुस पन्ध्रका राति टोल छिमेकका भेला भएर मुढाको आगो बालेर ताप्ने, जाग्राम बस्ने, चामलको पिठोबाट बनेको निसौसे रोटी, तरुल, पिँडालु, सखरखण्ड, फर्सी लगायतका खानेकुराहरू खाने र दन्त्य कथा भन्ने सुन्ने, सुनाउने समेत गरिन्छ ।
पर्व मनाउन एक ठाउँमा भेला भई मुढाको आगो ताप्नुपर्ने र एक–आपसमा हाँसो—ठट्टा गरी रमाइलो गर्दै रात बिताउने चलन पनि रही आएको छ । आज अर्थात् पुस पन्ध्रको रातको लागि के–के पकाउने भन्ने दिउँसो नै तयारी स्वरूप हरेक घरका गृहिणी खानाका मीठा परिकार पकाउने तयारीमा लागेका हुन्छन् । सो पर्वमा विवाहित छोरी बेटीहरूलाई समेत माइती घरमा आमन्त्रण गरी स्वागत एवम् सत्कार गर्ने चलन पनि रहेको छ । विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको छ ।
घरको बुढ्यौली अर्थात् पाको मान्छेले दन्त्य कथा र बातै सुनाउने र आगो ताप्दै सुन्ने गरिन्छ । पुस १५ को यो अवसरले पुराना संस्कार सिक्न पाउने एक अवसर पनि रहेको छ । तर आधुनिक प्रविधिको विकास, आधुनिकतातिर ढल्कँदै गएको समाज र व्यस्त समयका कारण यो प्रचलन पातलिँदै गएको भन्ने बुढ्यौलीको गुनासो रही आएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ