डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु

गणेश बहादुर मौनी
पुस १५ डोटी
डोटीको जोरायल गाउँपालिका-३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ।
३९ वर्षीया भूमिसरा खड्काको आज सोमबार बिहान भिरबाट लडेर घटनास्थलमै मृत्यु स्थानीयले बताए छ्न ।
उनी बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा सन्तुलन गुमाएर उनी तल खोलामा खसेकी थिइन्। भिरबाट खसे लगत्तै उनको मृत्यु भएको स्थानीय उमेश साउँदले जानकारी दिए ।मृतकका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार