
डोटी
बृद्वबृद्वाहरूलाई अस्पतालमा उपचारका लागि नि: शुल्क अटोको सुविधा दिइने छ । दिपायल सिलगढी नगरपालिका वडा नं २ दिपालका रतन कठायतले बृद्वबृद्वा हरूलाई अस्पतालमा उपचार गराउन जानेहरूलाई नि: शुल्क अटोमा सेवा दिने बताएका छन् । कठायतले बृद्वबृद्वाहरूलाई स्वास्थ्य चेकजाँच गर्नमा सहज होस् भनेर अटोमार्फत नि: शुल्क सेवा गर्ने बताए । उनले कोभिड १९ को बेला समेत नि: शुल्क अटो सेवा दिदै आएका थिए । यो भन्दा अगाडि पनि कठायतले सुत्केरी महिलाहरूलाई अस्पताल सम्म पुर्याउन नि: शुल्क सेवा गरिरहेका थिए । आफ्नो सेवा गर्ने भावना पहिल्यैदेखि भएको र अहिले आफ्नो अटो साधन हुँदा सेवा सुत्केरी महिला,बृद्वबृदाहरूलाई सहज होस् भनेर सेवा दिँदै आएको कठायले भनेका छन् । उनको अटो नम्बर ३६,४१ जिवि अटो पार्स नामाको अटो रहेको छ र। सबै जना बृद्वबृद्वा आमा बुवाहरूलाई सेवा दिने अवसर समेत दिनुहोला भनेर अपिल गरेका छन् कठायतले ।