बैतडीमा जेठानीले काठको चिर्पटले हिर्काउँदा देवरानीको मृत्यु भएको छ

जिल्लाको डिलाशैनी गाउँपालिका–२ छेपट्टामा ३० बर्षीया दिपा बोहराले आफ्नै देवरानी २५ बर्षीया सुनिता बोहराको टाउकोमा चिर्पटले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका कारण दिपाले सुनिताको टाउकोमा चिर्पटले हिर्काएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

सोमबार राति ८ बजेको समयमा जेठानी दिपाले घरायसी विवादका क्रममा देवरानी सुनिताको टाउकोमा हिर्काएको र उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी आएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ । चिर्पटले हानेर देवरानीको हत्या गर्ने दिपालाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

घटनाका बिषयमा विस्तृत अनुसन्धान भइरहेको र घटनास्थल बुझ्ने कार्य भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

गाउँमा आफ्नै जेठानीले देवरानीको हत्या गरेपछि सन्नाटा छाएको छ । गाउँमा अकल्पनीय घटना भएको स्थानीयहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ