जापन बस्ने विनयले गरे विपन्न परिवारका ३७ जनालाई खाद्यान्न सहयोग

सरिता कठायत
डोटी
डडेलधुराका विनय मल्ल हाल जापान बस्दै आएका छन् । उनले दशैं तिहारको अवसर पारेर अमरगडी नगरपालिका ११ का ३७ घरपरिवारलाई खाद्यान्न सहयोग गरेका हुन । शनिबार आर्थिक अवस्था कम्जोर,अशक्त,असाय परिवारका मानिहरूलाई मल्लको आमा बसन्ती देवी मल्लले  १ कट्ठा चामल,दाल,नुन,चिनि  लगायत  खाद्यान्नका सामाग्री हस्तान्तरण गरेको थियोे । विगत देखि डडेल्धुरा जिल्लाका हरेक क्षेत्रमा आफ्नै लगानीमा आर्थिक सहयोग गर्दै आएका छन् मल्ल । घरपरिवारमा आर्थिक समस्या भएकाहरूले दशैं तिहारमा थोरै भएपनि राहत मिलोस् भन्ने मनसायले  मल्लले खाद्यान्न सहयोग गरेको बताए । श्रीमान घरमा अपांग भएर थला छन् परिवारमा सहारा कोही छैनन् दशैं तिहार खल्लो लाग्छ तर यो सहयोगले धेरै सहज हुने अमरगडी नगरपालिका कि काली देवी बोहराले भनिन् ।उनले मल्लले गरेको यो सहयोग हामी जस्ता सहारा विहिनका लागि धेरै हो भगवानले रक्षा गरोस् समेत बोहराले आशिष दिएकी  छन् । खाद्यान्न पाउने सबै जना धेरै खुसी भएका थिए । साथै छोराले आफ्नै लगानीमा यसरी अरूका दुखमा मलम बनेको देखेर आफू भाग्यमानी आमा सम्झिने गर्छु उनको आमाले भनिन् । 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार